गृहपृष्ठ भाईटिकामा रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला गरियो
भाईटिकामा रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला गरियो

काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाको लागि आज खुला गरिएको छ।
दिदी बहिनी र दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुला गरिन्छ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ।
त्यसैगरी दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए। यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रमसमेत राखिएको मानन्धरले बताए।
काठमाडौँको जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डाक्टर गोविन्द टण्डनले बताए।
प्रकाशित समय : ०७:५९ बजे