गृहपृष्ठ उत्तराखण्डको सुरुङमा थुनिएका ४० मजदुरको उद्धार कार्य जारी

उत्तराखण्डको सुरुङमा थुनिएका ४० मजदुरको उद्धार कार्य जारी

उत्तराखण्डको सुरुङमा थुनिएका ४० मजदुरको उद्धार कार्य जारी

उत्तराखण्डमा निर्माणाधीन सुरुङमा पहिरो गएपछि फसेका मजदुरलाई निकाल्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । उत्तराखण्डको उत्तरकाशीमा आइतबार निर्माणाधीन सुरुङ पहिरो गएपछि ४० जना मजदुर थुनिएका थिए ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार मजदुरहरू निकाल्न ड्रिलिङ मेसिनको सहायता लिइएको छ । राष्ट्रिय राजमार्ग एवं अवसंरचना विकास निगम लिमिटेडका निर्देशक अंशु मनीष खाल्कोका अनुसार भित्र थुनिएका मजदुर सुरक्षित अवस्थामा रहेका छन् । उनले भनेका छन्, ‘अवस्था अहिले राम्रो छ । सबै मजदुर सुरक्षित छन् । हामीले खाना र पानी उपलब्ध गराइरहेका छौँ । हामीले सक्दो राम्रो गरिरहेका छौँ ।’

माथिबाट पहिरो खस्दा करिब ६० मिटर जति सुरुङ थुनिएको थियो । जसमध्ये २० मिटर सफा गरिसकेको र बाँकी आजै सकिने उत्तरकाशीका एसपी अर्पण यदुवंशीले जनाएका छन् । पाइपमार्फत मजदुरहरूलाई खाना र पानी पठाइएको उनले बताए ।

थुनिएका मजदुरहरू उत्तर प्रदेश, बिहार र झारखण्डका रहेका छन् । उनीहरू सुरुङको मुखबाट दुई सय मिटरभित्र छन् । त्यस क्षेत्रमा प्रशस्तै नेपाली कामदारहरू पनि कामका लागि पुग्ने गरेका छन् ।

प्रकाशित समय : १३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु