गृहपृष्ठ मर्यादित टिकटक चलाउन पाइयोस्, अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्छ : मेयर बालेन शाह

मर्यादित टिकटक चलाउन पाइयोस्, अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्छ : मेयर बालेन शाह

मर्यादित टिकटक चलाउन पाइयोस्, अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्छ :  मेयर बालेन शाह

काठमाडौं महानगरका मेयर बालेन शाहले टिकटक बन्द गर्ने सरकारी निर्णय समाधान नभएको बताएका छन् ।

शाहले मर्यादित टिकटक चलाउन पाइने अपेक्षा सरकारसँग गरेका छन् ।

टिकटक मात्र नभई अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन , नियममा ल्याउन सरकारी प्रयासको आग्रह गरेका छन् ।

करको दायरामा ल्याएर गलत गर्नलाई सेन्सर गर्ने आफ्नो संयन्त्र विकास गर्न उनको आग्रह छ ।

टिकटकबाट भिडिओ दुरुपयोगबाट आफू पनि पीडित भएको शाहले सामाजिक सञ्जालमा लेखेका छन् । ‘धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नुभयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन्,’ शाह भन्छन्,’जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।

नेपाल प्रहरीको साइबर क्राइम, नेपाल दूरसञ्चार प्राधिकरण गुहारेको उनले बताए । टिकटकले फेक आइडीमा ध्यान नदिँदा शुभचिन्तकले दुःख पाएको शाहले बताए ।

नयाँ उद्यमीहरूलाई बजार प्रवर्द्धन गर्ने प्लेटर्फमका रुपमा टिकटकको सदुपयोग भएको महानगर प्रमुख शाहको भनाइ छ ।

 

प्रकाशित समय : १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु