global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रूपैयाँ दिने मन्त्रिपरिषदको निर्णय

सरकारले भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जाजरकोटको भूकम्पबाट प्रभावित भएकाहरुलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँको दरले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका अनुसार भूकम्पले पूर्ण क्षति वा आंशिक क्षति भई बस्न अयोग्य भएकाहरुलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । सरकारले यसअघि भूकम्पमा परी ज्यान गुमाएकाहरुलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त रकम भूकम्प पीडितहरुलाई वितरण गर्ने क्रम जारी छ ।

कात्तिक १७ गतेको मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट, त्यसको छिमेकी जिल्ला रुकुम पश्चिम र सल्यानका बस्तीहरुमा पनि क्षति पुगेको छ ।

राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रको विवरण अनुसार भूकम्पबाट जाजरकोटमा १०१ जनाको मृत्यु र १४५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा ५३ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् । यसैगरी जाजरकोटमा ३४ हजार ५०१ वटा घरमा क्षति पुग्दा रुकुम पश्चिममा २६ हजार ५३१ घर क्षतिग्रस्त भएका छन् ।

कतिपय घरबारविहीन भएकाहरु खेतबारी, सडक किनार र खुला चौरहरुमा त्रिपाल टाँगेर बसिरहेका छन् । अहिलेको जाडोको समय र आउने वर्षाको समयमा उनीहरुलाई जोगाउनुपर्ने चुनौती छ ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु