global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आजका लागि छापावल सुनको मूल्य १ लाख १३ हजार २०० र तेजावी सुनको मूल्य १ लाख १२ हजार ६५० रुपैयाँ कायम भएको छ । आइतबार १ लाख १३ हजार ७ सय रुपैयाँमा छापावाल सुन, १ लाख १३ हजार १५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य आज १ हजार ३६० रुपैयाँ कायम भएको छ । आइतबार १ हजार ३८० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु