global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रपति पौडेलले गरे गाईपूजा

राष्ट्रपति पौडेलले गरे गाईपूजा

राष्ट्रपति पौडेलले गरे गाईपूजा

कार्तिक कृष्ण औँसीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान गाईको पूजा गरेका छन् ।
यमपञ्चकको तेस्रो दिन परेको गाईतिहारे औंसीमा गाईलाई देवी लक्ष्मीको प्रतीक स्वरूप विधिविधान सहित पूजा गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति पौडेलले शीतल निवासमा गाईको पूजा गरेपछि गाईलाई भोजन गराए।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ। यसो गर्दा मृत्युपछि ‘वैतरणी’ पार गर्न सहज हुने लोकविश्वास छ। गाईलाई आमा सरह मानेर हिन्दुहरुले पुज्ने गर्दछन्। गाई नेपालको राष्ट्रिय जनावर पनि हो।

प्रकाशित समय : १२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु