गृहपृष्ठ जाजरकोट भूकम्प : मृतकका परिवारलाई कर्णाली सरकारले तत्काल २ लाख दिँदै
जाजरकोट भूकम्प : मृतकका परिवारलाई कर्णाली सरकारले तत्काल २ लाख दिँदै

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण ज्यान गुमाएका परिवारलाई कर्णाली सरकारले २ लाख रुपैयाँ दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा ज्यान गुमाएका परिवारलाई तत्काल राहत दिने निर्णय गरेको हो । प्रतिमृतक २ लाखका दरले रकम उपलब्ध गराउने निर्णय भएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले बताए ।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा शुक्रबारसम्म १५३ जनाको मृत्यु भएको छ । यस्तै प्रदेश सरकारले भूकम्पमा घाइते भएकाहरूलाई पनि उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
घाइतेहरू उपचार खर्च कार्यविधिअनुसार दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
एक जना मृतक भएको परिवारले २५ हजार रुपैयाँ किरिया खर्च पाउनेछन् । परिवारका सबै जना मृतक भएको खण्डमा त्यस्ता परिवारलाई ५० हजार रुपैयाँ किरिया खर्चबापत दिने निर्णय भएको छ ।
प्रकाशित समय : ०७:०६ बजे