गृहपृष्ठ कुटाकुट गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स ‘सस्पेन्ड’
कुटाकुट गर्ने तारा एयरका दुई पाइलटको लाइसेन्स ‘सस्पेन्ड’

विमानस्थलमै कुटाकुट गर्ने तारा एयरका दुईजना पाइलटको लाइसेन्स ‘सस्पेन्ड’ भएको छ । रामेछापको मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स नेपाल नागरिक उड्डयन प्राधिकरणले सस्पेन्ड गरेको हो ।
राष्ट्रिय उड्डयन सुरक्षा उल्लंघन गरेको भन्दै छानबिनका लागि प्राधिकरणले दुईजना पाइलटको लाइसेन्स स्थगन गरेको जनाएको छ । यो अवधिमा उनीहरूले जहाज उडान पाउने छैनन् । तारा एयरका पाइलटद्वय सन्तोष साह र सञ्जीव श्रेष्ठबीच रामेछापको मन्थली विमानस्थलमा कुटाकुट भएको थियो ।
लुक्लाबाट जहाज उडाएर मन्थली पुगेका पाइलट साह र लुक्ला जाने तयारीमा रहेका श्रेष्ठबीच विमानस्थलमै झगडा भएको थियो ।
प्रकाशित समय : १६:३३ बजे