गृहपृष्ठ अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पिडितहरूलाई राहत सामग्री प्रदान

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पिडितहरूलाई राहत सामग्री प्रदान

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पिडितहरूलाई राहत सामग्री प्रदान

सीजी होल्डिङ्स अन्तर्गतको सिएसआर डिभिजन अरुण चौधरी फाउण्डेशनले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामाग्रिहरू प्रदान गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जिवन निकै कष्टकर वन्दै गएको छ । आधारभुत आवश्यक्ता जस्तै खाद्यान्न, औषधि, लत्ताकपडा र आवाशको अभाव हुँदै गएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर राउतलाई हस्तान्तरण गरेको थियो ।

स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा सीजी होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पुर्वक एक दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिदै सवैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ । यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपुर्ण भुमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ ।

प्रकाशित समय : १५:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु