गृहपृष्ठ तनहुँ जलविद्युत आयोजनाको सबस्टेशन निर्माण
तनहुँ जलविद्युत आयोजनाको सबस्टेशन निर्माण

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ ।
घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
सबस्टेशनसम्म विद्युत् लैजानका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए । विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो ।
तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएका हुन् । सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजनाले जिल्लामा विद्युतीकरणका लागि सबस्टेशन निर्माण गरेको उनले बताए ।
प्रकाशित समय : १०:४८ बजे