गृहपृष्ठ पहिलो त्रैमासिकमा लक्ष्मी लघुवित्त नाफा ९५ लाख बढी
पहिलो त्रैमासिकमा लक्ष्मी लघुवित्त नाफा ९५ लाख बढी

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ९५ लाख बढी बढी भएको छ । लाघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ९५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ९५ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४१ लाख १४ हजार रुपैयाँ ऋणाात्मक रहेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि इन्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक हुन पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.१२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ५५.९१ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको अन्य सञ्चालन आम्दानी १३.१९ प्रतिशत घटेको छ । लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.४४ प्रतिशतबाट बढेर ६.८९ प्रतिशत पुगेको छ । यद्यपि, लघुवित्तले इम्पेरमेन्ट चार्जबापत २५ लाख रुपैयाँ मात्र छुट्याएको छ । जसका कारण गत आर्थिक वर्षको पहिलो तीन महिनामा ऋणात्मक रहेको लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै, चालु आर्थिक वर्षको सोही अवधिमा धनात्मक हुन पुगेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६३ पैसा धनात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ १४ पैसा रहेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७८.३१ गुणा रहेको छ ।
प्रकाशित समय : १०:३६ बजे