गृहपृष्ठ लाङ्टाङ पदमार्गमा लडेर फ्रान्सेली पर्यटक जेनको मृत्यु

लाङ्टाङ पदमार्गमा लडेर फ्रान्सेली पर्यटक जेनको मृत्यु

लाङ्टाङ पदमार्गमा लडेर फ्रान्सेली पर्यटक जेनको मृत्यु

रसुवाको हिमाली क्षेत्रमा लाङ्टाङ पदमार्गमा एक पर्यटकको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोल छन्।

रसुवाका डीएसपी सुवास बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत् लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल गम्भीर घाइते भएका थिए।

उनी सडकबाट ३०/४० मिटर तल खसेका थिए । विदेशी पर्यटक लडेको सूचना पाएपछि पुगेको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए।

प्रहरीको टोलीले मोललाई दिउँसो पौने २ बजेतिर उद्धार गरी स्थानीय चौकीमा पुर्‍याएको थियो। स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात मोललाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पताल पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु