गृहपृष्ठ ३२ प्रतिशतले घट्यो छिमेक लघुवित्त वित्तीयको नाफा

३२ प्रतिशतले घट्यो छिमेक लघुवित्त वित्तीयको नाफा

३२ प्रतिशतले घट्यो छिमेक लघुवित्त वित्तीयको नाफा

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट आएको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार ३२.८० प्रतिशतले नाफा घटेको हो ।

लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २२ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेको र इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको हो । असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.५६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी ३७.४४ प्रतिशत घटेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ५.९२ प्रतिशत र सञ्चालन मुनाफा ३२.९७ प्रतिशत घटेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ०.८१ प्रतिशतबाट बढेर २.२८ प्रतिशत पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ४४ पैसा घटेर ३१ रुपैयाँ २० पैसामा झरेको छ । असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३९ गुणा रहेको छ ।

प्रकाशित समय : ०९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु