गृहपृष्ठ बागमती प्रदेश प्रमुखले गरे २ वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुखले गरे २ वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेश प्रमुखले गरे २ वटा विधेयक प्रमाणीकरण

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका २ वटा विधेयक प्रदेश प्रमुख शर्माले बिहीबार प्रमाणीकरण गरेका हुन् ।

उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै विधेयकहरू गत असोजमा बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख शर्मा समक्ष पेस गरेका थिए । प्रमाणीकरण भएका विधेयकहरूले अब कानुनको रूप लिनेछ ।

प्रकाशित समय : ०९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु