गृहपृष्ठ अमेरिकी डलरको विनियदर स्थिर, कुन देशको विनियमदर कति ?
अमेरिकी डलरको विनियदर स्थिर, कुन देशको विनियमदर कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि लागि तोकेको विदेशी विनियमदर अनुसार अमेरिकी डलरको विनिमयदर स्थिर रहेको छ । डलरको मूल्य आज पनि हिजोकै दरमा खरिद बिक्री भइरहेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा डलरको कारोबार भएको थियो । त्यसैगरी आज बेलायती पाउण्डको विनियमदर बढेको छ ।
आज एक पाउण्डको खरिददर १६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७२ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा रहेको थियो । त्यस्तै राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार आज युरोको मूल्य पनि बढेको छ । आज एक युरोको खरिददर १४२ रुपैयाँ १ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा पुगेको छ । अघिल्लो दिन युरो एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४१ पैसा रहेको थियो ।
यस्तै, शुक्रबार अष्ट्रेलियान डलर एकको खरिददर ८५ रुपैयाँ १ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४० पैसा कायम भएको छ । त्यस्तै क्यानडीयन डलरको एकको खरिददर ९६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा कायम भएको छ । सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा कायम भएको छ ।
त्यस्तै जापानी ऐन १० को खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा कायम भएको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा, कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा तोकिएको छ । त्यस्तै मेलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
प्रकाशित समय : ०७:५० बजे