गृहपृष्ठ भूकम्प प्रभावित क्षेत्रमा पुरिएका चौपायाले दुर्गन्ध बढ्यो

भूकम्प प्रभावित क्षेत्रमा पुरिएका चौपायाले दुर्गन्ध बढ्यो

भूकम्प प्रभावित क्षेत्रमा पुरिएका चौपायाले दुर्गन्ध बढ्यो

शुक्रबार रातिको भूकम्पले घर भत्किएपछि जाजरकोट र रुकुमपश्चिमका सयौं स्थानीय बारीमा पाल–प्लास्टिक टाँगेर बसिरहेका छन् । अन्नपात, लत्ताकपडा सबै भग्नावशेष भएको छ । चिरिएका घरमा पनि कोही छिर्न सकेका छैनन् । घरगोठमा पुरिएका चौपाया कुहिएर बस्तीभरि गन्हाउन थालेको छ ।

पशु चौपाया गन्हाउन थालेपछि रोग फैलने डर भइरहेको स्थानीयले बताएका छन् । उनीहरूले आवश्यक राहत पनि नपाएको गुनासो गरेका छन् ।

सानीभेरीको बाटो भएर धेरै गाडी राहत बोक्दै जाजरकोट पुगेका छन् । तर उनीहरूको बस्तीमा राहत झरेको छैन । राहत वितरणमा पनि भेदभाव भएको गुनासो आम रुपले उठिरहेको छ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु