गृहपृष्ठ हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

हिमालयन बैंकद्वारा भुकम्प पीडितलाई राहत सामाग्री प्रदान

हिमालयन बैंकले भुकम्प पीडितहरूलाई राहत सामाग्री प्रदान गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमका भुकम्प पीडितहरूका लागि एक्काईस लाख रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको हो ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा उक्त विपद्को समयमा केही राहत होस् भन्ने मनसायले बैंकले अत्यावश्यक खाद्यान्न दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रशासन कार्यालय जाजरकोट खलंगा र जिल्ला प्रसाशन कार्यालय, मुसिकोट, रुकुम पश्चिमलाई हस्तान्तरण गरेको छ ।

 

 

प्रकाशित समय : १७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु