गृहपृष्ठ इन्दुको कप्तानीमा हङकङमा हुने सिरिजको लागि महिला क्रिकेट टिमको घोषणा

इन्दुको कप्तानीमा हङकङमा हुने सिरिजको लागि महिला क्रिकेट टिमको घोषणा

इन्दुको कप्तानीमा हङकङमा हुने सिरिजको लागि महिला क्रिकेट टिमको घोषणा

हङकङमा हुने चारदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली महिला टिमको कप्तानी जिम्मेवारी इन्दु बर्मालाई सुम्पिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गर्दै कप्तानको जिम्मेवारीमा बर्मालाई र विन्दू रावललाई उपकप्तान तोकिएको हाे ।

यसअघि नेपालको कप्तानी रुबिना क्षेत्रीले गर्दै आएकी थिइन् । क्षेत्रीले टी-२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी-२० सिरिज खेल्दैछिन्। सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्।

नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाली टोली –

इन्दु वर्मा (कप्तान), रुबिना क्षेत्री, सीता राना मगर, खुशी डंगोल, विन्दु रावल (उपकप्तान), सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का, रुबी पोदार ।

प्रकाशित समय : १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु