गृहपृष्ठ अमेरिकी डलरको विनियदर स्थिर, पाउण्ड र युरो घट्यो

अमेरिकी डलरको विनियदर स्थिर, पाउण्ड र युरो घट्यो

अमेरिकी डलरको विनियदर स्थिर, पाउण्ड र युरो घट्यो

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनियमदर अनुसार अमेरिकी डलरको खरिददर स्थिर रहेको छ । आज पनि हिजोकै दरका डलरको खरिद बिक्री भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा कायम भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा डलरको कारोबार भएको थियो । त्यसैगरी आज बेलायती पाउण्डको विनियमदर घटेको छ । आज एक पाउण्डको खरिददर १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा कायम भएको छ । अघिल्लो दिन एक पाउण्डको खरिद दर १६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा रहेको थियो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदर अनुसार बिहीबार युरोको मूल्य पनि घटेको छ । आज एक युरोको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४१ पैसा तोकिएको छ । अघिल्लो दिन युरोको खरिददर १४२ रुपैयाँ ८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको थियो ।

यस्तै, बिहीबार अष्ट्रेलियान डलर एकको खरिददर ८६ रुपैयाँ ४० पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा कायम भएको छ । त्यस्तै क्यानडीयन डलरको एकको खरिददर ९६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८५ पैसा कायम भएको छ । सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

त्यस्तै जापानी ऐन १० को खरिददर ८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८ रुपैयाँ ८६ पैसा कायम भएको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा, कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३६ पैसा तोकिएको छ । त्यस्तै मेलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

प्रकाशित समय : ०८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु