global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ चालकलाई मालिक बनाउँदै आयल निगम

चालकलाई मालिक बनाउँदै आयल निगम

चालकलाई मालिक बनाउँदै आयल निगम

६० जना ट्याङ्कर चालकलाई मालिकको बैधानिकता दिने गरि नेपाल आयल निगमले तयारी थालेको छ।

सञ्चालक समितिबाट विनियमावली संशोधन गरि चालकलाई मालिक बनाउने तयारीमा निगम अघि बढेको हो।

पेट्रोलियम पदार्थ बोक्न नेपालमा १ हजार ८ सय ९३ वटा ट्याङ्कर संचालित छन्। ती ट्याङ्करले भारतबाट पेट्रोलियम पदार्थ ओसार्ने तथा नेपालस्थित डिपोको तेल पम्पमा पुर्‍याउने काम गर्छन्।

तीमध्ये ६० ट्याङ्कर धनी एकथरी छन् भने निगमसँगको सम्झौता अर्को व्यक्तिसँग छ।

अर्थात्, ६० ट्याङ्कर चालकले नै किनिसकेका छन्। तर ती ट्याङ्करबारे निगमसँगको सम्झौता पूर्व सवारीधनीसँगै छ। चालकले नै ट्याङ्कर किने पनि त्यसले आयल निगमबाट सम्झौता पत्रमा बैधानिकता पाएको छैन। फलतः प्रक्रिया पुर्‍याएर उनीहरूलाई बैधानिकता दिने तयारी गरिएको हो ।

 

प्रकाशित समय : ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु