global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ उपप्रधानमन्त्री श्रेष्ठ र विश्वका धनीहरूको संगठन ‘फ्रिडम फन्ड’ टोलीबीच भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र विश्वका धनीहरूको संगठन ‘फ्रिडम फन्ड’ टोलीबीच भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र विश्वका धनीहरूको संगठन ‘फ्रिडम फन्ड’ टोलीबीच भेटवार्ता

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका विश्वका धनीहरूको संगठन ‘फ्रिडम फन्ड’का पदाधिकारी तथा  प्रतिनिधिबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

छलफलमा श्रमिक एवम् कामदारहरूमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको छ।

त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन(मिटरव्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागू गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेका थिए।

उपप्रधानमन्त्री श्रेष्ठले कृषि, हाइड्रोपावर, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए। राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मुल लक्ष्यमा वर्तमान सरकारको रहेको र सबै सहकार्य र सहयोगहरू त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफुहरूको भएको बताए।

प्रकाशित समय : ०८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु