गृहपृष्ठ बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक झुण्डिएको अवस्थामा भेटिए
बागमती प्रदेशमन्त्री दुलालका अंगरक्षक झुण्डिएको अवस्थामा भेटिए

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक यामबहादुर सुवेदी मृत फेला परेका छन्।
उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।
शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रकाशित समय : १४:४३ बजे