गृहपृष्ठ भूकम्पपीडितका लागि नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो सहयोग रकम

भूकम्पपीडितका लागि नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो सहयोग रकम

भूकम्पपीडितका लागि नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो सहयोग रकम

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडितहरूको सहयोगका लागि नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

आज बिहान अध्यक्ष माधवकुमार नेपाललगायत एकीकृत समाजवादीका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन् । करोडौँ बराबरका भौतिक संरचना क्षति भएका छन् ।

प्रकाशित समय : ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु