गृहपृष्ठ पाउण्ड र डलरको मूल्य घट्यो, युरोको बढ्यो

पाउण्ड र डलरको मूल्य घट्यो, युरोको बढ्यो

पाउण्ड र डलरको मूल्य घट्यो, युरोको बढ्यो

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर र बेलायती पाउण्डको मूल्य सस्तो भएको छ भने युरोको मूल्य महंगो भएको छ । मंगलबारका लागि तोकिएको विदेशी विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

अघिल्लो दिन एक अमेरिक डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको थियो । त्यसैगरी आज बेलायती पाउण्डको मूल्य पनि केही सस्तो भएको छ । आज पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो दिन पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको थियो ।

मंगलबार युरोको विनियमदर भने बढेको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा रहेको छ । अघिल्लो दिन युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको थियो ।

यस्तै, मंगलबार अष्ट्रेलियान डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८५ पैसा कायम भएको छ । त्यस्तै क्यानडीयन डलरको एकको खरिददर ९७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८३ पैसा कायम भएको छ । सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

त्यस्तै जापानी ऐन १० को खरिददर ८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ८ रुपैयाँ ९२ पैसा कायम भएको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा, कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा तोकिएको छ । त्यस्तै मेलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ६५ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु