global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना

कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना

कुमारी बैंकले सार्वजनिक गर्याे ‘क्यासब्याक अफर’ योजना

कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड तिहार र छठलाई लक्षित गर्दै ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ ।

बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको छ । यस योजनामा हरेक दिन पहिलो ५० जनालाई मोबाइल बैंकिङ मार्फत क्युआर र पहिलो ५० जनालाई कार्डबाट भुक्तानी कारोबार गर्दा बैङ्कद्वारा २५% अधिकतम ५०१ रुपैयाँ सम्म क्यासब्याक दिइने छ ।

क्यासब्याक रकम पोस , क्युआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरिने कारोबारमा प्रदान गरिनेछ ।

चाडबाडको अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरूप उपरोक्त सुविधाहरु आगामी कार्तिक २६ देखि मंसिर ३ गते सम्म लागु हुने जनाएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०८ शाखा (प्रधान कार्यालय बाहेक), ४८ वटा विस्तारित काउन्टर, ३०९ एटिएम, र ६४ शाखारहित बैंकिङ एकाइहरू सहितको आफ्नो बृहत् सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि र ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धतालाई जनाएको छ ।

प्रकाशित समय : १७:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु