skip this prabhu bank contant

गृहपृष्ठ ग्लोबल आइएमई बैङ्कको डिसिओमा अनुभवी सुमन पोखरेल नियुक्त

ग्लोबल आइएमई बैङ्कको डिसिओमा अनुभवी सुमन पोखरेल नियुक्त

ग्लोबल आइएमई बैङ्कको डिसिओमा अनुभवी सुमन पोखरेल नियुक्त

ग्लोबल आइएमई बैङ्कको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। बैङ्कको हालै बसेको सञ्चालक समिति बैठकले पोखरेललाई डिसिओ बनाएको हो। यसअघि पोखरेल आइएमई ग्रुपको भाइस प्रेसिडेन्ट थिए।

दुई वर्षअघि बैङ्कका सञ्चालकसमेत रहेका पोखरेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए। त्यसपछि उनी आइएमईको ग्रुप सिइओ हुँदै भाइस प्रेसिडेन्ट थिए। १२ वर्ष आइएमईको सिइओ भएर काम गरेका पोखरेल २०७८ चैतदेखि भाइस प्रेसिडेन्ट बनेका हुन्।

डिसिओ पोखरेलले एभरेस्ट बैङ्कबाट बैंकिङ्ग करियर सुरु गरेका हुन्। उनले व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन्। पोखरेल मुलुककै ठुलो र नम्बर एक रेमिटेन्स कम्पनी आईएमई रेमिट्यान्सको प्रमुख कार्यकारी अधिकृत हुन् । आईएमई ग्रुपभित्रको दर्जनौं व्यवसायमा पोखरेलले व्यवस्थापन हेरिसकेका छन् ।

आईएमई अटोमोटिभ्समा प्रबन्ध निर्देशक भएर ग्रुपको अटो मोबाइल व्यवसायमा उनले नयाँ उचाइमा पुर्‍याए । डिसहोमदेखि ग्लोबल आईएमई बैङ्कमा बोर्डमा बसेर उनले थुप्रै काम पनि गरे। लुबुका मध्यम वर्गीय रैथाने पारिवारिक पृष्ठभूमि भएका पोखरेल नेपाल सरकारका तत्कालीन सहसचिवका छोरा हुन् । आफ्नो प्रारम्भिक स्कुले दिनका बारेमा सुमन सुनाउँछन् ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु