गृहपृष्ठ नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहिन

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहिन

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहिन

नेपाल टेलिकमका अधिकृत ५१ दिनदेखि सम्पर्कविहीन भएका छन् । झापास्थित सुरुङ्गा शाखाका लेखा अधिकृत ३१ वर्षीय दिलिप सुवेदी ५१ दिनदेखि बेपत्ता भएका हुन् ।

झापाको कन्काई नगरपालिका–३ स्थित कार्यालयको क्वाटरबाट ३० भदौदेखि बेपत्ता भएका उनी अझै फेला नपरेको परिवारले बताएको छ ।

खोटाङको हलेसी–तुवाचुङ नगरपालिका स्थायी ठेगाना भएका उनी विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बस्दै आएका थिए । उनको परिवारले विराटनगरमा पत्रकार सम्मेलन गर्दै खोजीका लागि सहयोग मागेका छन् ।

प्रकाशित समय : १०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु