गृहपृष्ठ भूकम्प पीडितलाई भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार दिने

भूकम्प पीडितलाई भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार दिने

भूकम्प पीडितलाई भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार दिने

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर ६ महिनाको सुविधा बराबरको रकम दुवै जिल्लाका पीडितहरुलाई समान रुपमा प्रदान गर्ने बताएका हुन् । भैरहवाका मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् ।

मेयर खाँले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु