गृहपृष्ठ भूकम्प पीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

भूकम्प पीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

भूकम्प पीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

जाजरकोटका भूकम्पपीडितलाई बागलुङका दश स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन् । चार नगरपालिकाले तीन लाख ७५ हजार र ६ गाउँपालिकाले दुई लाख ५० हजार सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य संघ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य संघ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहको बताए ।

बारबर्दियाद्वारा पाँच लाख सहयोग

बर्दियाको बारबर्दिया नगरपालिकाले भूकम्प प्रभावितका लागि पाँच लाख २५ हजार आर्थिक सहयोग गर्ने भएको छ । आइतबार बसेको कार्यपालिकाको बैठकले दैवी प्रकोप व्यवस्थान कोषबाट पाँच लाख २५ हजार दिने निर्णय गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पुर्‍ययाउन नगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार जम्मा गर्ने निर्णय भएको बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकानाथ गोसाइले जानकारी दिए ।

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु