गृहपृष्ठ जसपाको मधेश प्रदेशस्तरीय प्रशिक्षण आजदेखि, उपेन्द्र यादवले प्रशिक्षण दिने
जसपाको मधेश प्रदेशस्तरीय प्रशिक्षण आजदेखि, उपेन्द्र यादवले प्रशिक्षण दिने

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण शिविर आजबाट सुरु हुने भएको छ । सिराहाको लाहानस्थित मारवाडी सेवा सदनमा आजदेखि जसपाले तीन दिने प्रशिक्षण शिविर सञ्चालन गर्न लागेको हो ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय तहका नेता, प्रदेश समितिका सदस्य, जिल्ला तथा स्थानीय तहका प्रतिनिधिहरु प्रशिक्षणमा सहभागी हुनेछन् ।
प्रकाशित समय : ०८:१३ बजे