गृहपृष्ठ माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित
माओवादीको सडक संघर्षको कार्यक्रम स्थगित

सत्तारुढ नेकपा माओवादी केन्द्रले २२ गतेको सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए ।
माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु र मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सहयोग गर्न निर्देशन दिइएको छ ।
प्रकाशित समय : ०८:०६ बजे