गृहपृष्ठ आईफोन १५ सिरिजका झण्डै २५ सय मोबाइलमा दुरसञ्चार सेवा बन्द हुँदै

आईफोन १५ सिरिजका झण्डै २५ सय मोबाइलमा दुरसञ्चार सेवा बन्द हुँदै

आईफोन १५ सिरिजका झण्डै २५ सय मोबाइलमा दुरसञ्चार सेवा बन्द हुँदै

सोमबार (आज) देखि दर्ता नभएका आईफोन १५ सिरिजका मोबाइमा दुरसञ्चार सेवा बन्द हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएसँगै दर्ता नभएका आईफोन १५ सिरिजका करिब २ हजार ५०० मोबाइलहरु नचल्ने भएका हुन् ।

एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्ता नभएका मोबाइलमा दूरसञ्चार सेवा बन्द गर्न शुरु गर्ने प्राधिकरणले जनाएको छ । आज राति ९ बजेदेखि केही महँगा मोबाइलमा सेवा बन्द गरेर यसको कार्यान्वयन थाल्ने प्राधिकरणले यतारी गरेको छ । अहिलेसम्म एमडीएमएसमा दर्ता नगरि चलाएका आईफोन १५ सिरिजका झण्डै २ हजार ५०० वटा सेटमा आजदेखि दूरसञ्चार सेवा बन्द गर्ने प्राधिकरणले जनाएको छ ।

एमडीएमएसमा दर्ता नभएका मोबाइलमा टेलिफोन र भ्वाइस सेवा तथा मोबाइल डेटा र इन्टरनेट सेवा प्राधिकरणले रोकिदिन सक्छ । एमडीएमएसमा दर्ता नभएकामध्ये सुरुमा महँगा फोन नचल्ने बनाउने र बिस्तारै अन्य मोबाइललाई नचल्ने बनाइने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय : ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु