गृहपृष्ठ ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित

ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित

ओमानले जित्यो विश्वकप छनोटको उपाधि, सुपर ओभरमा नेपाल पराजित

ओमानले नेपाललाई सुपर ओभरमा ११ रनले पराजित गरेको छ । सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछाएको नेपालले एक विकेट गुमाउदै १० रन मात्र बनाएपछि फाइनलमा ११ रनले पराजित भएको हो ।

सुपर ओभरमा ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरेका थिए । ओमानले सुपर ओभरमा पहिला ब्याटिंग गर्दै ओमानले २१ रन बनाएको थियो । सुपर ओभरमा नेपालका लागि अविनाश बोहोराले बलिङ गरेका थिए ।

टी-२० विश्वकप छनौटको एशिया क्षेत्रको फाइनल खेलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाए पछि खेलको निर्णय सुपर ओभरमा भएको हो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।

 

प्रकाशित समय : १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु