skip this prabhu bank contant

गृहपृष्ठ मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै

मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै

मन्त्रिपरिषद बैठक जारी, भूकम्प प्रभावितलाई राहत घोषणा गरिँदै

मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितहरूका लागि राहत घोषणा गर्ने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा भूकम्पबाट प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा घाइतेहरूको स्वास्थोपचारलाई छिटो छरितो बनाउनले लगायत विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो जाजरकोट र रुकुम पश्चिम पुगेर भूकम्पबाट भएको क्षतिको अवलोकन गर्दै आजका लागि मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पबाट दुईसय भन्दा बढी घाइते भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।

 

प्रकाशित समय : १०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु