गृहपृष्ठ एकदिवसीय विश्वकप : अफगानिस्तान पाँचौँ स्थानमा, सेमिफाइनल सम्भावना कायमै
एकदिवसीय विश्वकप : अफगानिस्तान पाँचौँ स्थानमा, सेमिफाइनल सम्भावना कायमै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तान पाँचौँ स्थानमा उक्लेको छ । गए राती भएको खेलमा नेदरल्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाइन पुग्ने सम्भावना पनि कायमै राखेको हो ।
यो अफगानिस्थानको लगातार तेस्रो जित हो । शुक्रवार लखनउमा भएको खेलमा नेदरल्यान्डसले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए । यस्तै रहमत शाहले ५२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बीक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान १ विकेट लिए ।
यसअघि लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १ सय ७९ रनमा समेटियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए । यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।
यो जितसँगै ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेदरल्यान्ड्स उति नै खेलमा ४ अङ्कसहित आठौँ स्थानमा छ ।
प्रकाशित समय : ०७:३३ बजे