गृहपृष्ठ जाजरकोट भुकम्प : सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ
जाजरकोट भुकम्प : सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको हो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले दिएको जानकारी अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् । जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन समेत कठिनाइ भएको छ ।
प्रकाशित समय : ०७:२३ बजे