skip this prabhu bank contant

गृहपृष्ठ १० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा

यूएईलाई पराजित गर्दै नेपाल आईसीसी टी २० विश्वकपमा छनोट भएको छ । टी २० विश्वकप एसिया छनोट प्रतियोगिताको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी २० विश्वकपमा छनोट भएको हो ।

यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित टी २० विश्वकपमा नेपालले पहिले पटक सहभागिता जनाएको थियो । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा यूएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ६३ रन बनाए भने कप्तान रोहित पौडेलले ३५ रन जोडे । गुल्शन झाले २२ रन बनाए । त्यस्तै ओपनर कुशल भुर्तेलले ११ रन बनाए ।

टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको हो । यूएईका लागि भृत्य अरवीन्दले ६४, कप्तान मोहम्मद वसिमले २६ रन बनाए । नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।

प्रकाशित समय : १५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु