गृहपृष्ठ अहिलेसम्म नौ बैंक र चार लघुवित्तले गरे लाभांश घोषणा

अहिलेसम्म नौ बैंक र चार लघुवित्तले गरे लाभांश घोषणा

अहिलेसम्म नौ बैंक र चार लघुवित्तले गरे लाभांश घोषणा

सात वाणिज्य बैंक र दुई विकास बैंकसहित नौ बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयर धनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने दुई विकास बैंकमा सांग्रिला डेभलपमेन्ट बैंक र शाइना रेसुङ्गा डेभलपमेन्ट बैंक रहेका छन् । यी बैंकले क्रमश ५.२६३ प्रतिशत र ११.०५ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

त्यस्तै लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टड बैंक रहेका छन् । यी बैंकमध्ये माछापुच्छे, एभरेष्ट, एनआईसी एशिया, सानिमा र सिटिजनले साधारणसभा समेत सम्पन्न गरि लाभांश पारित समेत गरिसकेका छन् ।

कुल २० वाणिज्य बैंकहरूमध्ये हालसम्म लाभांश वितरणको घोषणा गरेका सात बैंकहरूमध्ये उच्च लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक बनेको छ । बैंकले अधिकतम ३०.५२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको २९ प्रतिशत बोनस सेयर र १.५२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

त्यस्तै सोमबार मात्रै लाभांश घोषणा गरेको स्ट्याण्डर्ड चार्टर्डले १९ प्रतिशत नगद लाभांश, एभेष्ट बैंकले १० प्रतिशत बोनस र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

यता, सानिमा बैंकले ९ प्रतिशत बोनससहित कुल १४.७ प्रतिशत, माछापुच्छेले १३.३ प्रतिशत बोनससहित कुल १४ प्रतिशत सिटिजन बैंकले ५.७९ प्रतिशत नगद लाभांश र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर सेयर जारी नगरेका कारण अब १२ वाणिज्य बैंकले लाभांश घोषणा गर्न बाँकी रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका वाणिज्य बैंकमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, एसबिआई बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । कुल १६ विकास बैंकमध्ये १४ विकास बैंकले पनि लाभांश घोषणा गरेका छैनन् ।

चार लघुवित्तले गरे लाभांश घोषणा

अहिलेसम्म चार लघुवित्तले मात्र लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्ष सकिएको साढे तीन महिना हुँदासम्म पनि गत वर्षको लाभांश घोषणा चार लघुवित्तले मात्र गरेका हुन् ।

लाभांश घोषणा गरेका मध्ये एनआईसी एशिया लघुवित्त बाहेक सबैले बोनस लाभांश वितरण गर्ने घोषणा गरेका छन् । एनआईसी एशिया लघुवित्तले भने नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । उक्त लघुवित्तले १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

एनआईसी एशिया लघुवित्त बाहेक अन्य तीन लघुवित्तले बोनस वितरण गर्ने प्रस्ताव गरेका छन् । ती तीन लघुवित्तले कर प्रयोजनका लागि मात्र नगद दिने भएका हुन् ।

अहिलेसम्म लाभांश घोषणा गरेका मध्ये सबैभन्दा बढी लाभांश युनिक नेपाल लघुवित्तको छ । युनिक नेपाल लघुवित्तले बोनस १९ र कर प्रयोजनका लागि १ प्रतिशत नगदसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । दोस्रो धेरै लाभांश घोषणा गर्नेमा एनआईसी एशिया लघुवित्त रहेको छ । उक्त लघुवित्तले १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

तेस्रो धेरै लाभांश घोषणा गर्नेमा स्वाबलम्बन लघुवित्त रहेको छ । स्वाबलम्बन लघुवित्तले १२.३५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगदसहित १३.०१ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी, आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगदसहित ९.०५ घोषणा गरेको छ ।

आर्थिक वर्ष सकिएको लामो समय हुँदा पनि कुल ५७ मध्ये चार लघुवित्तले मात्र लाभांश घोषणा गरेका छन् । अझै ५० भन्दा बढी लघुवित्त लाभांश घोषणा गर्न बाँकी छन् ।

 

प्रकाशित समय : १३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु