गृहपृष्ठ एमाले बाग्मती अधिवेशनमा नुवाकोटबाट युवा क्लस्टरमा घिमिरेको उम्मेदवारी
एमाले बाग्मती अधिवेशनमा नुवाकोटबाट युवा क्लस्टरमा घिमिरेको उम्मेदवारी

नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा प्रदिप घिमिरे प्रथम बाग्मती अधिवेशन अन्तगर्त नुवाकोट जिल्लाबाट युवा प्रतिनिधित्वको सदस्य पदमा उम्मेवार दिएका छन् । उनले जिल्ला खुलाको युवा क्लस्टर उम्मेदवार दिएका हुन् ।
‘समुन्नत समाज पार्टी परिवर्तन युवाहरुको भुमिका अभियान ’को नाराका साग घिमिरेले उम्मेदवारी दिए ।
बागमती प्रदेश कमिटीको प्रथम ऎतिहासिक अधिवेशनमा नुवाकोट जिल्लाबाट युवा क्लस्टर सदस्यउम्मेदवारी दिएको उनले बताएका छन् । अहिलेको अवस्थामा युवाले राजनीतिमा पाइला र विकासका लागि आवाज उठाउनुपर्ने आवश्यक रहेको उनले बताए । ‘देशमा युवाविहिन भएको अवस्थामा हामी देशभित्र केही गर्नुपर्छ भन्ने पार्टीलाई सल्लाह सुझाव दिनुपर्छ ।
यो अहिलेको आजश्यकता हो । नेपालको राजनीतिमा परिवर्तन चाहिएको छ । यसमा युवाको भुमिका चाहिन्छ ।’ उनले भने, ‘राजनीतिममा स्वार्थ र गुटभन्दा माथि देश र विकासको आवश्यकता हुनुपर्छ । यसैमा आफनो जोड छ । मलाई राजनीतिक गरेर स्वार्थभन्दा पनि विकास गर्नु छ ।’
हजुरहरुको अमुल्य साथ र सहयोगको अपिल सबल संगठन निर्माणको आधार बाग्मती प्रदेश अधिवेशन युवाको उम्मेदवार दिएको हुँ । युवाविन विकास र राजनीति सम्भव नभएको उनको भनाइ छ । सबैलाई मतदान गरेर आफुलाई जिताउन समेत उनले आग्रह गरेका छन् ।
विदुर नगरपालिक –३ बाट गत वैशाखमा भएको स्थानिय निर्वाचनमा वडाध्यक्ष पदमा २२ मतले पराजय भएको घिमिरे अघिल्लो पटक वडासस्दय थिए । घिमिरे वैशाखयता राजनीतिकसँग सामाजिक कार्यमा पनि काम गदै आएका छन् । घिमिरेले पत्रकारिता र राजनीतिशस्त्रमा डिग्री गरेका छन् ।
प्रकाशित समय : १४:४३ बजे