गृहपृष्ठ कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ कात्तिक २४ गते गर्ने
कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ कात्तिक २४ गते गर्ने

नेपाली कांग्रेसले ‘इकोनोमी कन्क्लेभ’ कात्तिक २४ गते गर्ने भएको छ । कांग्रेस संस्थापक नेता सुवर्ण शमसेर राणाको स्मृति दिवस पारेर दुई दिन कन्क्लेभ गर्न लागिएको हो ।
महामन्त्री गगन थापाका अनुसार दुई दिने कन्क्लेभको एक दिनको मात्रै टुंगो लागेको छ । अर्को एक दिन कात्तिक २३ वा २५ मध्ये एक हुनेछ । सुवर्ण शमशेर बजेट प्रस्तुत गर्ने नेपालको पहिलो व्यक्ति समेत हुन् । उनले बजेट प्रस्तुत २००८ माघ १९ मा गरेका थिए ।
कांग्रेसका पहिलो अर्थमन्त्री समेत रहेका सुवर्ण शमशेरको स्मृतिलाई कांग्रेसले अर्थनीतिसँग जोडेर कार्यक्रम गर्न लागेको हो । ‘इकोनोमी कन्क्लेभ’ मा अर्थविदले आर्थिक नीतिका बारेमा विभिन्न आयामवारे कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ ।
प्रकाशित समय : १५:२४ बजे