गृहपृष्ठ एपीआईसम्बन्धी कार्यविधि पारित, आईपीओ आवेदन रद्द भए नभएको तुरुन्तै जानकारी पाइने
एपीआईसम्बन्धी कार्यविधि पारित, आईपीओ आवेदन रद्द भए नभएको तुरुन्तै जानकारी पाइने
नेपाल धितोपत्र बोर्डले करिब एक वर्षपछि एपीआईसम्बन्धी कार्यविधि पारित गरेको छ । बोर्डले उक्त कार्यविधि पारित गरेर कार्यान्वयनका लागि सिडिएस एन्ड क्लियरिङमा पठाएको छ ।
कार्यविधि कार्यान्वयनमा आएलगत्तै सेयर लगानीकर्ताले आईपीओमा आवेदन दिएलगत्तै बैंक खातामा पैसा नभएका कारण आवेदन रद्द भएको वा एप्रुभ भएको थाहा पाउन सकिनेछ । अहिले लगानीकर्ताले आईपीओमा आवेदन दिने तर खातामा पैसा नभएका कारण धेरै आवेदन रिजेक्ट हुने गरेको थियो । एपीआईसम्बन्धी कार्यविधि कार्यान्वयनमा आएपछि यो समस्या समाधान हुने भएको छ ।
‘अब सेयर आवेदन दिँदा प्रयोग गर्ने बैंक खातामा पैसा छ भने तुरुन्तै भेरिफाइ हुन्छ, छैन भने रिजेक्ट देखाउँछ,’ सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘यसअघि लामो समयसम्म आवेदन भेरिफाइड भयो कि भएन थाहा नहुने गरेको थियो । जसले गर्दा आवेदन बढी रद्द हुने गरेको छ । अब त्यो समस्या हुँदैन । बैंक तथा वित्तीय संस्थाले आफ्नो सिस्टममा एपीआई लिंक गरेपछि आवेदन परेलगत्तै भेरिफाइड भएको वा नभएको थाहा पाउन सकिन्छ ।’
यसले लगानीकर्तालाई सहज हुने उनको भनाइ छ । ‘कार्यविधि कार्यान्वयनमा आएपछि सी(आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था, ब्रोकर कम्पनी, डिपी, नेप्सेलगायत सिडिएससीको तथ्यांक प्रयोग गर्ने सबै निकाय सिडिएससीको सिस्टममा जोडिनुपर्नेछ,’ प्रवक्ता न्यौपानेले भने, ‘उनीहरुलाई आवश्यक पर्ने सबै तथ्यांक एपीआईमार्फत दिइनेछ । आवश्यकताअनुसार त्यो तथ्यांक रियल टाइममा लाइभ हुनेछ ।’
प्रकाशित समय : १४:३९ बजे