global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ दयाहाङ राईले थाले ‘डिग्री माइला’ फिल्मको छायाँकन

दयाहाङ राईले थाले ‘डिग्री माइला’ फिल्मको छायाँकन

दयाहाङ राईले थाले ‘डिग्री माइला’ फिल्मको छायाँकन

अभिनेता दयाहाङ राईले फिल्म ‘डिग्री माइला’को छायांकन सुरु गरेका छन् । शुक्रबारदेखि छायांकन सुरु भएको फिल्मको सेटमा मंगलबार दयाहाङ पुगेका हुन् ।

ओखलढुंगाको रुम्जाटारमा फिल्म छायांकन भइरहेको छ । मंगलबार राति दयाहाङको भागका दृश्य छायांकन भएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए । आँचल शर्मा र बुद्धि तामाङ पहिलो दिनदेखि नै छायांकनमा छन् ।

पहिलो चरणको छायांकन १५ दिन चल्नेछ । त्यसपछि चिसो मौसमको खिच्नुपर्ने भएकाले मंसिरदेखि मात्र दोस्रो चरण सुरु हुनेछ । यो फिल्मलाई लिएर दर्शकमाझ प्रतीक्षा किन छ भने दयाहाङकै चर्चित नाटकमाथि फिल्म आधारित छ । यो नाटकलाई मण्डलामा तीन पटक मञ्चन गरिएको थियो ।

वैशाख १ गते रिलिजको योजना रहेको फिल्ममा अधिकांश कलाकार ‘कबड्डी’ फिल्मकै छन् । जसमा माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, प्रकाश घिमिरे लगायत छन् ।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु