गृहपृष्ठ साझा नेपाली समाज बेलायतको लोकप्रियता टपमा, आमा सेमिनारमा करिब १३ लाख सहयोग संकलन
साझा नेपाली समाज बेलायतको लोकप्रियता टपमा, आमा सेमिनारमा करिब १३ लाख सहयोग संकलन

समाजमा सबै मिलेर काम गर्ने हो भने समाजका घोषित लक्ष्यहरु पुरा गर्न कुनै लामो समय कुर्नु पर्दैन । यो कुरा बेलायतको मिडलैन्डवासी नेपालीहरुको संयुक्त समाज साझा नेपली समाजले प्रमाणित गरेको छ । दीपक सापकोटाको नेतृत्वमा साझा नेपाली समाजको नयाँ तथा सामाजिक काममा प्रतिवद्ध व्यक्तिहरुलाई समेटि निर्वाचित भएको कार्यसमितिले केवल चार महिनामा नै उल्लेख्यनीय कार्यहरु गरी पुरै बेलायतको नेपाली समुदायमा मात्र होईन गैरआवासिय नेपालीहरुको बीच अमिट उदाहरण पेश गरेको छ ।
चार महिनामा नै समाजले मिडलैन्ड क्रिकेट लिगको समापन, मिट एन्ड ग्रिट, महानायक साँझ र मानव सेवा आश्रमको आमा सेमिनार गरि मिडलैन्डवासी नेपालीहरुलाई थप उचाँईमा पुराउने काम गरेको छ ।
मानव सेवा आश्रमको आमा सेमिनार साझा नेपाली समाजको समन्वयमा भव्यताको साथ सम्पन्न भएको छ । नटिङगहममा भएको सेमिनारबाट आश्रमलाई करिब १३ लाख नेपाली रुपैयाँ बराबरको सहयोग जुटेको छ । एउटै सेमिनारबाट यती धेरै रकम उठ्नुले मिडलैन्डवासी नेपालीहरु सामाजिक, राजनैतिक र आर्थिक रुपले जन्मभूमि नेपालको सेवा गर्न तत्पर रहेको पुष्टि हुन्छ ।
साझा नेपाली समाजका महासचिव शशांक शर्माका अनुसार समाजका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको सेमिनारमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महासचिव शुशिला केसी, सचिव एवं प्रवक्ता शुमन बर्ताैला र बेलायत शाखाका संयोजक शुनिल बाबु खडकाको बिशेष उपस्थिति रहेको थियो ।
मानव सेवा आश्रमका संस्थापक एवं प्रस्तोता रामजी अधिकारीको प्रस्तुतिले सेमिनारमा उपस्थित सहभागीहरुलाई भाववहिल बनाएको थियो । सबैका आँखामा आशु टिलपिलाएका थिए ।
सडकमा बाँस बस्ने, गाँसको लागि अरुमा आश्रित र कपास नभै नाङगै जीवन जिउन बाध्य बेसहाराहरुको लागि गाँस, बाँस र कपासको व्यवस्था गर्दै आएको मानव सेवा आश्रमले २०८२ सम्ममा सडक आश्रित मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ।
मानव सेवा आश्रमका संचालक रामजी अधिकारी र प्रवक्ता एवं सचिव शुमन बर्तौलाको आत्मजाग्रित गराई स्वतःस्फुर्त सहयोग जुटाउने प्रवचनले सहयोग एकपछि अर्को गर्दै थपिएको थियो ।
सहयोग गर्नेहरुमा सेमिनारका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका युरोप उपसंयोजक दयानिधी सापकोटाले आफ्नी दिबंगत प्यारी बैनीको सम्झनामा पाँच लाख र साझा नेपाली समाजका सचिव एवं युवा व्यवसायी शुरेस केसीले आफ्ना स्वर्गिय पिता कर्णबहादुर क्षेत्रीको संम्झनामा पाँच लाख एघार हजार सहयोगको प्रतिबद्धता गरेका छन् । एक दर्जन जतिले १० पाउन्ड मानव सेवा आश्रमको बेलायत खातामा मासिक डाइरेक्ट डेबिटको प्रतिबद्धता जनाएका छन् । त्यसैगरी सेमिनारमा उपस्थित सबैले नगद तथा बैंक ट्रान्सफर गरि स्वतःस्फुर्त सहयोग गरेका थिए । सबै सहयोगी व्यक्तिहरुको नाम मानव सेवा आश्रमको फेशबुक पेजमा प्रकाशित गरिने छ ।
महासचिव शर्माका अनुसार समाजले सेमिनारको संयोजन गर्ने जिम्मेवारी कोषाध्यक्ष उपेन्द्र पौडेललाई प्रदान गरेको थियो । सेमिनारमा साझा नेपाली समाजका संस्थापक अध्यक्ष शंकर भण्डारी, पूर्वअध्यक्षहरु राजु कंडेल, रणबहादुर केसी, महेश अधिकारी र कृष्णप्रसाद शर्मा, सल्लाहकारहरु कृष्ण गुरुङ, रामु कंडेल, प्रकाश केसी, कृष्ण खरेल, लाल थापा, देवीलाल गैरे, मुकुन्द हरि खरेल, कमल खरेल, नटिङगम नेपाली समाजका अध्यक्ष रबिन्द्र शर्मालगायत दर्जनौं उर्भराँउदा मिडलैन्डका सामाजिक अभियन्ताहरु लगायत साझा नेपाली समाजका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १७:१८ बजे