गृहपृष्ठ सुकुन्तलाल हिराचनको सम्पति लिलाम गर्दै प्रभु बैंक

सुकुन्तलाल हिराचनको सम्पति लिलाम गर्दै प्रभु बैंक

सुकुन्तलाल हिराचनको सम्पति लिलाम गर्दै प्रभु बैंक

प्रभु बैंकले सुकुन्तलाल हिराचनको सम्पत्ति लिलाम गर्ने भएको छ । हिराचनले युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालिको नाममा लिएको कर्जा नतिरेपछि धितोमा रहेको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत १५ दिनभित्र लिलामी गर्ने भएको छ ।

प्रभु बैंकबाट हिराचनले लिएको कर्जा रकम चुक्ता भुक्तान गर्ने मिति समाप्त भइसक्दा पनि बैंकसँग गरेको सम्झौताबमोजिम कर्जा चुक्ता फर्छ्यौट नगरेको र बैंकबाट पटक(पटक मौखिक तथा लिखित ताकेता गर्दा पूर्ण बेवास्ता गरी ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फर्छ्यौट गर्न चासो नदेखाई आलटाल गरेको बैंकले जनाएको छ । हिराचन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकोषाध्यक्षसमेत हुन् ।

आलटाल गरेपछि बैंकले कर्जा असुलीका लागि जेठ ४ गते बिहीबार ऋण कर्जा चुक्ता गर्ने ३५ दिने सूचना प्रकाशित गरेको थियो। कर्जा चुक्ता नभएकोले कर्जा असुलीका लागि कर्जा सुरक्षणको रुपमा बैंकसमक्ष धितो रहेको सम्पत्ति जे(जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रको माध्यमबाट लिलाम बिक्री गरिने जनाएको छ ।

उक्त सम्पत्ति के कति दर भाउ र मूल्यमा खरिद गरिलिने हो सो व्यहोरा खुलाई १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र बैंकको प्रधान कार्यालय बबरमहलमा इच्छुक व्यक्ति तथा संगठित संस्थाले आवेदन दिन भनिएको छ । बैंकले असोज २३ गते मंगलबार बैंकको प्रधान कार्यालय बबरमहलमा लिलामी खोलिने जनाएको छ ।

१५ दिनभित्र बाँकी सम्पूर्ण कर्जाको साँवा व्याज तथा हर्जानालगायतका अन्य दस्तुर तिरी कर्जा चुक्ता फर्छ्यौट गर्न गराउनको लागि सम्बन्धित ऋणी, धितो सुरक्षण धनी तथा जमानतकर्ता समेतलाई जानकारी गराएको छ ।

उक्त म्यादभित्र कर्जा चुक्ता नभएमा ऋणी तथा जमानतकर्तालगायत नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समाविष्ट गर्नुपर्ने सम्बद्ध सबैलाई अन्य कुनै पनि सूचना नदिई नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गराउने जनाएको छ ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु