गृहपृष्ठ अन्नपूर्ण गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणमा पाँच करोडका योजना

अन्नपूर्ण गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणमा पाँच करोडका योजना

अन्नपूर्ण गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणमा पाँच करोडका योजना

अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु पाँच करोड विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र प्रवर्द्धनका लागि सो बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका, सङ्घीय र प्रदेश सरकारबाट  पाँच करोड नौ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

“पर्यटनमार्फत गाउँपालिकालाई चालु आर्थिक वर्षमा रु एक करोड ३० लाखभन्दा बढी आम्दानी भइसकेको छ”, उनले भने, “साउन र भदौमा मात्र दुई हजार छ सय ९९ पर्यटकले गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।”

अध्यक्ष पुनका अनुसार सङ्घीय सरकारबाट रुदुई करोड पाँच लाख, गाउँपालिकाबाट  एक करोड ७४ लाख र प्रदेश सरकारबाट रु एक करोड ३० लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट विशेष अनुदान प्राप्त रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ ।

सङ्घीयबाट ५०–५० लाख सशर्त अनुदान प्राप्त भुरुङ र सेकार्कु तातोपानीमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप  ५०–५० लाख विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको करिब  एक करोडको लागतमा भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ ।

सङ्घीय सरकारको  १५ लाख र गाउँपालिकाको  १६ लाख बजेटमा खोपारा लेकमा पूर्वाधार बनाउन सम्झौता भइसकेको छ । गण्डकी प्रदेश सरकारले खोपारामा थप  २० लाख विनियोजन गरेको छ । सो गाउँपालिकाका पर्यटकीयस्थलको नक्साङ्कन गर्न  १५ लाख, अन्नपूर्ण आधार शिविरको पर्यटन गुरुयोजना बनाउन रु १५ लाख, समग्र पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमका लागि रु आठ लाख, पोर्टर, टे«किङ गाइडसम्बन्धी तालिमका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

प्रकाशित समय : २०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु