गृहपृष्ठ चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

चन्द्र भण्डारीसहित ८ जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसको पार्टी केन्द्रीय सदस्यमा ८ जना मनोनीत भएका छन् ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा १० बमोजिम मनोनित गरेको बताए ।

जसमा डा। चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, किरणराज शर्मा, अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, सारदा पौडेल, अनिलकुमार रुंगाटा र शिवप्रसाद हुँमागाई मनोनित भएका हुन् ।

केन्द्रीय समिति बैठकअघि देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । मनोनित भएका चन्द्र भण्डारी कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापतिमा पराजित भएका थिए ।

आजबाट नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ ।

प्रकाशित समय : १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु