गृहपृष्ठ ललित राजबंशी घाइते, एशियन गेम्स गुमाउने
ललित राजबंशी घाइते, एशियन गेम्स गुमाउने

स्पीनर ललित राजबंशीले चीनमा आयोजना हुने १९औं एसियन गेम्स गुमाउने भएका छन् । राजबंशी काठमाडौँमै बन्द प्रशिक्षणको अभ्यासका क्रममा घाइते भएका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले राजबंशी प्रशिक्षणको क्रममा घाइते भएको र उनको आजै शल्यक्रिया गर्ने तयारी भएको जानकारी दिएको छ । राजबंशीको कुमको मुख्य हड्डी फ्र्याक्चार भएको बुझिएको छ ।
चीनको होङझाउमा सेप्टेम्बर २३ देखि हुने १९औं एसियन गेम्सअन्तर्गत नेपाली क्रिकेट टोलीले समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ भने अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ ।
क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ । नेपाल, मंगोलिया र माल्दिभ्स समूह ‘ए’ मा छन् । समुह ‘बि ‘ मा कम्बोडिया, हङकङ र जापान, ‘सी’ मा मलेसिया, सिंगापुर र थाइल्याण्ड रहेका छन् ।
टी- २० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन् । भारत, पाकिस्तान, श्रीलंकाम, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिधै प्रवेश पाएका छन् । सेमिफाइनल अक्टोबर ६ मा हुनेछ । फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ ।
मंगोलिया र माल्दिभ्स तुलनात्मक रुपमा कमजोर टोली भएकाले नेपाल क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो छ ।
प्रकाशित समय : १३:२९ बजे