गृहपृष्ठ शिक्षक आन्दोलनको दोस्रो दिन : विद्यालय बन्द गरेर सडकमा उत्रिए(तस्विरहरु)
शिक्षक आन्दोलनको दोस्रो दिन : विद्यालय बन्द गरेर सडकमा उत्रिए(तस्विरहरु)

शिक्षकहरूको दोस्रो दिनको आन्दोलन सुरू भएको छ । माइतीघर वानेश्वर सडक पुरै ढाकेर आन्दोलनलाई निरन्तरता दिँदा काठमाडौंको यातायात आवागमन अस्तव्यस्त बनेको छ । काठमाडौं महानगरका शिक्षकहरु आन्दोनलमा गए कारबाही गर्ने चेतावनी दिए पनि शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएका छन् ।
संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक(शिक्षिका आन्दोलनका लागि काठमाडौं आएका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालयहरु बन्द गराएको छ ।
शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन् ।
प्रकाशित समय : १२:३६ बजे