गृहपृष्ठ एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि विक्रीमा ल्याएको छ ।
बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले असोज १० गते अपरान्ह ३ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।
धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३३१ रूपैयाँ ३० पैसा रहेको छ ।
प्रकाशित समय : ११:५२ बजे