गृहपृष्ठ सिटिजन्स बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डबाट पायो अनुमति

सिटिजन्स बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डबाट पायो अनुमति

सिटिजन्स बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डबाट पायो अनुमति

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडलाई ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बैंकलाई अनुमति दिएको हो।

 

बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।

ऋणपत्रको अवधि १० वर्ष रहनेछ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

 

प्रकाशित समय : ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु